आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा

काठमाडाैं | चैत ११, २०८०

आयरल्यान्डसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा Photo: Can

काठमाडौं:    आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भएको छ ।


नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार विनोद भण्डारीको कप्तानीमा दुवै खेलका लागि टोलीको घोषणा गरेको हो । नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख टी–२० र अप्रिल ३, ५ र ७ तारिख एक दिवसीय सिरिज खेल्दैछ । 


क्यानले घोषणा गरेको नेपाल ‘ए’ टी–२० को टोलीमा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकास अग्री रहेका छन् ।  


यस्तै एक दिवसीयमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम,  रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् । 

 

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्

काठमाडौं ।  त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।   कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

थप पढ्नुहोस्